अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्की, सेना–जेनजी र राष्ट्रपतिबीच आज निर्णायक वार्ता

जेनजी पक्षले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीका रूपमा टुंगो लगाइसकेकाले आजको वार्ताले त्यसलाई औपचारिकता दिने तयारी भएको छ।
कार्की निकट स्रोतका अनुसार पहिला सेनासँग छलफल हुनेछ र त्यसपछि राष्ट्रपतिसँग अन्तिम वार्ता हुने बताइएको छ।
यसैबीच, काठमाडौं महानगरका मेयर बालेन शाहले पनि कार्कीको नाममा समर्थन जनाइसकेकाले उनी अन्तरिम सरकारको सर्वसम्मत उम्मेदवारको रूपमा देखिएकी छन्।
