Tuesday, December 23, 2025
गृहपृष्ठ

नेपालको राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय चासो तीव्र : संयुक्त राष्ट्र, भारत, चीन, अमेरिका र युरोपेली संघसहितका शक्तिशाली मुलुकले संवादमार्फत् समाधान खोज्न जोड दिए

काठमाडौं – नेपालमा गहिरिँदो राजनीतिक संकटले अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यान तानेको छ। संयुक्त राष्ट्रसङ्घदेखि छिमेकी भारत र चीन, अमेरिका, युरोपेली संघ र विभिन्न दूतावासहरूले हिंसात्मक प्रदर्शन रोक्दै संवादमार्फत निकास खोज्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले हिंसामा नेपाली नागरिकले ज्यान गुमाउनु दुःखद रहेको बताउँदै “रचनात्मक संवाद” बाट मात्र स्थायी समाधान सम्भव हुने स्पष्ट पारेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसा “हृदयविदारक” भएको भन्दै नेपालको स्थिरता, शान्ति र समृद्धि भारतका लागि अत्यन्त महत्त्वपूर्ण भएको टिप्पणी गर्दै संयमित रहन अपिल गरेका छन्। चीनले पनि नेपाल आफैंले शान्तिपूर्ण बाटोबाट समाधान निकाल्नेमा विश्वास व्यक्त गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युरोपेली संघ, अष्ट्रेलिया, जर्मनी, बेलायत, जापान लगायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै अधिकतम संयम अपनाउन, नागरिक अधिकारको संरक्षण गर्न र हिंसात्मक गतिविधि तत्काल अन्त्य गर्न आह्वान गरेका छन्।

यस्तै गान्धी–मण्डेला फाउण्डेशनले लोकतान्त्रिक व्यवस्थामा युवा पुस्ताको आवाज सुन्ने माग गर्दै हिंसा, अशान्ति र दमनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय समुदायको एकमत : नेपालको संकटको निकास केवल शान्तिपूर्ण संवादमार्फत सम्भव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *