अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की आज सिंहदरबारमा पदभार ग्रहण गर्दै

पदभार ग्रहणसँगै कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी पनि गरिरहेकी छन्। मन्त्री नियुक्तिका लागि अहिले छलफल भइरहेको र आजै नामावली टुंगो लगाई नियुक्ति गर्ने योजना रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुअघि आफ्नो पहिलो दिन शनिबार आन्दोलनमा घाइते भएका युवाहरुलाई अस्पतालमै पुगेर भेट गरेकी थिइन्।
