Tuesday, December 23, 2025
गृहपृष्ठ

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण

काठमाडौँ, भदौ २९ – अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) बिहान सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पुगेर पदभार ग्रहण गरेकी छन्।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएकी कार्कीले नयाँ कार्यकक्षबाट आफ्नो जिम्मेवारी औपचारिक रूपमा सुरु गरेकी हुन्।

जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीमा परेपछि गृह मन्त्रालयको नयाँ भवनमा अस्थायी कार्यकक्ष तयार गरिएको हो।

देश नयाँ यात्रामा, पहिलो महिला प्रधानमन्त्रीको नेतृत्वमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *