गुमाउनेको सम्मानमा असोज १ शोक दिवस, परिवारलाई १५ लाख सहयोग घोषणा

गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले शहीदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने, असोज १ गते शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा अर्धनम झुण्ड्याउने निर्णय गरेको छ।

सरकारले आन्दोलनमा घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मृतिमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने र घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, अघिल्लो ओली मन्त्रिपरिषद्बाट आएका सबै प्रस्ताव मन्त्रालयमा फर्काउने निर्णय पनि बैठकले गरेको छ।
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद्का मुख्य निर्णयहरू:
असोज १ गते शोक दिवस मनाइने, सार्वजनिक बिदा दिइने
जेनजी आन्दोलनका शहीदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
शहीद परिवारलाई १५ लाख सहयोग (१० लाख क्षतिपूर्ति + ५ लाख अन्य खर्च)
घाइतेहरुको निःशुल्क उपचार
जेनजी स्मृति पार्क निर्माण
घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन
ओली मन्त्रिपरिषद्बाट आएका प्रस्ताव मन्त्रालयमै फर्काइने
