नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग२ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुल नजिक पुग्दा माथिबाट ढुङ्गा खसेको थियो।
उक्त ढुङ्गा बसमा सवार लमजुङ, घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामीलाई लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बस र चालक तनहुँ, म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।
