पाकिस्तान–साउदीबीच रक्षा सम्झौता : आवश्यक परे साउदीलाई आणविक सहयोग उपलब्ध गराउने तयारी

बुधबार पाकिस्तान र साउदीबीच रक्षा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार कुनै एकमाथि आक्रमण भए दुवैमाथि आक्रमण सरह मानिने छ। आसिफले भने, “हामीसँग भएका क्षमताहरू सम्झौता अनुसार साउदी अरेबियालाई उपलब्ध गराइनेछ।”
विश्लेषकहरूले यसलाई इजरायलतर्फ संकेतका रूपमा व्याख्या गरेका छन्। हालै कतारमा हमास नेताहरूमाथि इजरायली आक्रमण र गाजा युद्धले खाडी क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ।

बुलेटिन अफ एटोमिक साइन्टिस्ट्सका अनुसार हाल भारतसँग १७२ र पाकिस्तानसँग १७० आणविक हतियार छन्। पाकिस्तानको शाहीन–३ मिसाइल २,७५० किलोमिटर टाढासम्म पुग्ने क्षमता राख्छ, जसले इजरायलसम्म प्रहार गर्न सक्छ।
