राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने

पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। २७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छैनन्। हाल चार सदस्यीय मन्त्रिमण्डललाई पूर्णता दिन उनले निरन्तर संवाद गर्दै आएकी छन्।
यस क्रममा प्रधानमन्त्री कार्कीले पुनलाई मन्त्री बन्न प्रस्ताव राखेकी थिइन्।
