मन्त्रिपरिषद् विस्तार आजै, ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइँदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार नयाँ मन्त्री बन्ने व्यक्तिहरूको कागजात संकलन भइरहेको छ । संकलन कार्य पूरा भएपछि ७ जनाको नाम राष्ट्रपति कार्यालयमा पठाइने र आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ ।
राष्ट्रपति कार्यालयले समेत मन्त्रीहरूको नामावली आउने जानकारी पाइसकेको पुष्टि गरेको छ । तर, कसको नाम पठाइने भन्नेबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारी समूहलाई समेटेर राष्ट्रिय सहमति आधारित सरकार बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आएकी थिइन् ।
#BirgunjUpdates
