गाजामा इजरायली आक्रमण, ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

आपतकालीन उद्धारकर्मीहरूले जनाएअनुसार गाजा सहरको दराज क्षेत्रमा घरबारविहीन परिवारहरूका लागि बनाइएका भवन र पालमा आक्रमण हुँदा मात्रै कम्तीमा २० जना मारिएका छन्।
इजरायली सेनाले भने यस आक्रमणको लक्ष्य दुई हमास लडाकु भएको दाबी गरेको छ। सेनाले मृत्यु हुनेहरूको संख्याबारे सार्वजनिक भएको तथ्यांक आफ्नो जानकारीसँग मेल नखाने पनि स्पष्ट पारेको छ।
यसैबीच, इजरायली ट्यांक र सेना गाजा सहरको भित्री भागतर्फ अघि बढिरहेको छ। इजरायलले यो क्षेत्रलाई हमासको अन्तिम गढ रहेको भन्दै स्थलगत कारबाहीलाई थप तीव्रता दिएको हो। सेनाले कारबाहीको उद्देश्य हमासको निर्णायक पराजय सुनिश्चित गर्नु र बन्धक बनाइएका व्यक्तिहरूलाई मुक्त गर्नु रहेको बताएको छ।
