नवरात्रिको पाँचौं दिन: स्कन्दमाताको पूजा आराधना, केलेको भोग अर्पण शुभ

माता स्कन्दमातालाई भगवान् कार्तिकेय (स्कन्द) की माता मानिन्छ। शास्त्रअनुसार उहाँको आराधना गर्दा भक्तजनलाई सन्तान प्राप्ति, मातृत्व सुख, र पारिवारिक समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
पूजाको विशेषता:
आजका दिन भक्तहरूले बिहानै स्नान गरी पवित्र भई विधिपूर्वक पूजा अर्चना गर्छन्। माता स्कन्दमातालाई केलाको भोग अर्पण गर्नु अत्यन्त शुभ मानिन्छ। धार्मिक मान्यताअनुसार यस दिन केलेको भोग अर्पण गर्दा सन्तान सुखको प्राप्ति हुन्छ।
शुभ रंग:
नवरात्रिको पाँचौं दिनको शुभ रंग नीलो रहेको छ। आज निलो रंगका वस्त्र धारण गरी पूजा गर्दा देवी प्रसन्न हुने र विशेष कृपा प्राप्त हुने विश्वास छ।
मन्दिरहरूमा विशेष कार्यक्रम:
बीरगंजसहित देशभरका दुर्गा मन्दिरहरूमा आज बिहानदेखि भक्तजनहरूको भीड देखिएको छ। स्कन्दमाताको विशेष आरती, भजन-कीर्तन र दुर्गा सप्तशतीको पाठमार्फत भक्तिहरूले देवीको कृपा प्राप्तिको कामना गरेका छन्।
धार्मिक विद्वान्हरूका अनुसार नवरात्रिको पाँचौं दिन गरिएको स्कन्दमाताको आराधनाले मानसिक शान्ति, आत्मबल र पारिवारिक सुख शान्तिमा वृद्धि गर्छ।
#जय माता दी!
