नवमीको पुण्यदिनः आज माता सिद्धिदात्रीको पूजा–अर्चना, नवदुर्गा आराधनाको अन्तिम दिन बिर्गञ्जमा श्रद्धा र भक्तिभावका साथ मनाइँदै

माता सिद्धिदात्रीले भक्तजनहरूलाई आठ सिद्धि र नौ निधान प्रदान गर्ने विश्वास गरिन्छ। आजको पूजा–अर्चनाले ज्ञान, शक्ति र सफलता प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ।
बीरगंजका गहवामाई मन्दिर, विर्ता मन्दिर, बौधिमाई मन्दिर, लगायत का शक्तिपीठहरू लगायतका स्थानमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। विशेष गरी कन्या पूजन, हवन, र दुर्गा सप्तशती पाठ गरेर आज दुर्गा पूजाको समापन गरिने छ।
आजको विशेषता:
देवीको नवौं स्वरूप सिद्धिदात्रीको पूजा।
भक्तजनहरूले हवन, बलिदान, र कन्या पूजन गरी देवीको आशीर्वाद लिन्छन्।
घर–घरमा कलश विसर्जन तथा दुर्गा सप्तशतीको समापन पाठ।
आजको शुभ साइत:
पूजाको उत्तम समय: बिहान ८:१५ बजेदेखि १०:३० बजेसम्म
कन्या पूजन र हवनको समय: बिहान ९:०० देखि दिउँसो १२:०० बजेसम्म
कलश विसर्जनको शुभ समय: दिउँसो १:३० बजे देखि ३:०० बजेसम्म
धार्मिक सन्देश:
माता सिद्धिदात्रीको आराधनाले जीवनमा ज्ञान, शक्ति र मोक्ष प्राप्त हुने विश्वास छ। आजको दिनमा गरिएको कन्या पूजनले सौभाग्य, समृद्धि र शुभ फल प्रदान गर्छ।
बीरगंज अपडेट्सको तर्फबाट सम्पूर्ण भक्तजनहरूलाई नवमीको हार्दिक शुभकामना
माता सिद्धिदात्रीले तपाईँको जीवनमा सुख, र सिद्धि प्रदान गरून्।
