Saturday, July 27, 2024
गृहपृष्ठ

ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ​शनिबार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत उनी कोशीको मुख्यमन्त्री नियुक्त भएका हुन्।कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *