Tuesday, January 20, 2026
गृहपृष्ठ

काठमाडौं — काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गरेका छन्।

काठमाडौं — काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गरेका छन्।

उक्त सन्देशमार्फत उनले अहिले देश ऐतिहासिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै जनताले सुनौलो भविष्यतर्फ कदम चालिरहेको बताएका छन्। उनले देशलाई स्थायित्व दिन चुनाव अपरिहार्य रहेको भन्दै सबैलाई धैर्य राख्न आग्रह गरेका छन्।

बालेनले अन्तरिम सरकार गठनको आवश्यकता औंल्याउँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वका लागि समर्थन जनाएका छन्। साथै, Gen Z ले सुरु गरेको आन्दोलनको ऐतिहासिक क्रान्तिलाई बचाइराख्न राष्ट्रपतिलाई शीघ्र अन्तरिम सरकार गठन र संसद् विघटन गर्न अपिल गरेका छन्।

बालेनको भनाइ अनुसार, अहिलेको जनआन्दोलनलाई स्थायी रुप दिन चुनावमार्फत नयाँ जनादेश लिनु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *