Saturday, November 8, 2025
गृहपृष्ठ

कोसी ब्यारेजमा खतरनाक तहको बाढी, सबै ५६ ढोका खुला

सुनसरी, असोज १९ – सप्तकोसी नदीमा आएको बाढीले कोसी ब्यारेजमा खतरनाक तह पार गरेको छ। शनिबार बिहान १०ः३० बजे पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा पुगेको मापन गरिएको छ।

बाढीको तीव्र बहावले ब्यारेजको पुलमै छोएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। स्थिति गम्भीर भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार, बाढीको बहाव बढेसँगै दुवै नहरको पानी बन्द गरिएको छ र ब्यारेजमा सवारीसाधन तथा मानिसहरूको आवतजावतमा रोक लगाइएको छ।

सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

गत वर्ष असोजमा पानीको बहाब ५ लाख ५७ हजार क्युसेक पुगेको थियो।
यो वर्षको बाढी सन् १९६८ यताकै उच्च मापन भएको बताइएको छ।
यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक मापन गरिएको थियो।

🔺 अधिकारीहरूले लगातार निगरानी गरिरहेको र आपतकालीन उद्धारका लागि तयारी अवस्थामा टोलीहरू परिचालनमा रहेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *