Saturday, November 8, 2025
गृहपृष्ठ

चार वर्षमा बर्दिया निकुञ्जमा ६ वटा पाटे बाघको मृत्यु, बाघको संख्या बढ्ने अनुमान

बर्दिया — पछिल्ला चार वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ६ वटा पाटे बाघको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिएका छन्। तीमध्ये ३ भाले, २ पोथी र १ डमरु रहेका छन्।

निकुञ्जका अनुसार पछिल्लो पटक सन् २०२२ मा बाघ गणना हुँदा बर्दियामा १२५ वटा पाटे बाघ रहेको थियो। डेढ दशकदेखि यहाँ चोरी सिकारीबाट बाघ वा गैंडा मारिएको घटना भएको छैन, जुन संरक्षणको दृष्टिले सकारात्मक संकेत हो।

यस वर्ष पुस ७ गतेदेखि नयाँ बाघ गणना सुरु हुने तयारी भइरहेको छ। अधिकारी पौडेलका अनुसार बाघको संख्या अझै बढेको अनुमान गरिएको छ।

बर्दिया निकुञ्ज अहिले बाघ सहजै अवलोकन गर्न सकिने गन्तव्यका रूपमा देश–विदेशका पर्यटकबीच लोकप्रिय बनेको छ। गैंडा गणना भने चैत महिनाबाट सुरु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *