शिक्षामन्त्री महावीर पुन अब मन्त्रालयमै बस्ने

उनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्थापन गरिएको छ।
मन्त्री पुनले निरन्तर काममा समय दिने र तत्काल निर्णय कार्यान्वयन गर्न सहज होस् भन्ने उद्देश्यले मन्त्रालयमै बस्ने इच्छा प्रकट गरेका थिए। अब उनी मन्त्रालयमै बसेर आफ्नो जिम्मेवारी पूरा गर्नेछन्।

