Saturday, July 27, 2024
विश्व

अफगानिस्तानमा  भूकम्प : एक सय जनाको ज्यान गयो, एक हजार भन्दा धेरै घाइते

काठमाण्डौ – अफगानिस्तानमा  गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ ।  एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको  खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली तीन वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ । अफगानिस्तान पनि नेपाल जस्तै भूकम्पीय जोखिमयुक्त देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *