Saturday, July 27, 2024
विश्व

इजरायलमा हमास आक्रमण, ७ नेपाली घाइते

प्यालेस्टाइनको इस्लामिक समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा नेपालीहरू पनि घाइते भएका छन्। इजरायलका विभिन्न सहरमा भएको आक्रमणमा केही नेपालीहरू घाइते भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 

यसबारे थप विवरण बुझ्ने काम भइरहेको उनले बताएकी छिन् । ‘केही घाइते भएको सूचना पाएका छौं। विस्तृत विवरण बुझ्दै छौँ,’ उनले भनिन्।

इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले कम्तीमा सातजना घाइते भएको बताए। घाइतेहरूको विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए।

हमासले इजरायलमाथि रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *