Saturday, July 27, 2024
गृहपृष्ठ

कांग्रेसको प्रतिक्रिया– केही सहकारी ठगलाई बचाउन सरकारले लोकतन्त्रको मूल्यमान्यता मिच्यो 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीका बीच विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले लोकतन्त्रको मूल्यमान्यता मिचेको प्रतिक्रिया दिएको छ । 

संसद बैठकपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले देशभरका सहकारीको ठगीबाट पीडित नागरिकलाई बेवास्ता गरेको र  केही सहकारी ठगलाई बचाउन लोकतन्त्रको मून्ल्यमान्यता मिचेको निष्कर्ष निकालेको छ । 

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको बैठकमा प्रतिपक्षीले समय माग्दा पनि बोल्न दिइएन । यसको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । लोकतन्त्र र संसदीय मूल्यमान्यता उलंघन नगर्न चेतावनी आजको बैठकले दिएको छ ।’ 

उनले सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले बलमिच्याइँ गरेको बताए । उनले विश्वासको मत लिने समय तीन हप्ता बाँकी रहे पनि बलमिच्याइँ गरिएको बताए ।  उनले भने, ‘नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना भएको छ । संसदलाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिने नाटक गरेको छ ।  पार्टी विषेशको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु सभामुखलाई शोभनीय हुँदैन ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *