Sunday, June 16, 2024
राजनीति

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् ।सापकोटालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय अध्यापन गराउनुका साथै त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन् ।सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका उनी यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *